‘नाम लेख्न जानेपछि मान्छेको अनुमूति भो’

Posted on: May 02, 2016 | views: 161

१३ वैशाख, गौर ।
सखुवाधमौरा गाविस ५ मुस्लिमटोलकी ३२ वर्षीया नजामा खातुनलाई आफ्नो नाम लेख्न जानेपछि आफू मान्छे जस्तो लागेको छ । टोलका ३० जना महिला एक वर्षअघिसम्म निरक्षर थिए।
 
अहिले सबैलाई आआफ्नो नाम लेख्न आउँछ। नाम लेख्न आएपछि सबैजना खुसीले दंग छन्। ‘केन्द्रमा आएपछि धेरै कुरा सिकियो, नाम लेख्ना जाने, मान्छे भइयो जस्तो लागेको छ,’ खातुनले अनुभव सुनाइन्।
 
सो गाविसका मुस्लिम तथा दलित समुदायका महिलाको जीवन अत्यन्त कष्टकर रहेको देखेपछि साहस नेपालले उनीहरुको जीवन परिवर्तन ल्याउन छलफल केन्द्र स्थापना गरेको थियो।
 
आफू बसेको गाविसको नाम, सरकारी सेवा लिन कहाँ कहाँ जानुपर्छरु, सरसफाइका फाइदा, स्वास्थ्यका बारेमा यहीँ आएर जानेको समूहकी अध्यक्ष रोक्सना खातुनको भनाइ छ। छलफल केन्द्रमा भेटिएका महिलाले भने,‘हामी पशुसरह बाँचिरहेका रहेछौं, अहिले धेरै कुराको ज्ञान भएको छ।’
 
सुरुका दिनमा महिलालाई सम्झाउन धेरै अप्ठ्यारो परेको भएपनि अहिले ती महिलामा धेरै परिवर्तन आएको संस्थाकी सहजकर्ता गुडुकुमारी चौधरीको अनुभव छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।