नेपाल राजपत्र अब वेबसाइटमा पनि

Posted on: May 01, 2016 | views: 321

८ बैशाख, काठमाडौं ।

विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ ।
 
http://www.dop.gov.np/gallery.php गई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ ।

विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई मुद्रण विभागले अभिलेखीकरण गरेको छ ।

मुद्रण विभागले आज आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वेवसाइटको उद्घाटन गर्दैे सम्पूर्ण सरकारी कार्यालयलाई कागजबिना नै काम गराउने सरकारको ‘पेपरलेस’ अवधारणालाई उक्त वेबसाइटले मद्दत पु¥याउने  बताउनुभयो ।

संचार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले विगतमा राजपत्र खोज्न र टिपोट गर्न लाग्ने अनावश्यक समयलाई अब राष्ट्र निर्माणमा लगाउन सबैलाई आग्रह गर्नुभयो ।

बदलिदो समय अनुसार मुद्रण विभागले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिका लागि थप पहल गर्न पर्ने बताउनु भयो ।