शैक्षिक वर्षको सूरुवातसँगै जुहारी सुरु

Posted on: May 02, 2016 | views: 237

७ बैशाख, भक्तपुर ।
नयाँ शैक्षिक वर्षको सूरुवातसँगै सरोकारवालाहरुबीच समन्वय हुन नसक्दा जुहारी चलेको छ ।

रफत सञ्चार क्लबले आज गरेको साक्षतकार कार्यक्रममा बोल्दै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकार र निजि बिद्यालयको मिलेमत्तोमा आर्थिक लुट मच्चाएको आरोप लगाउनु भएको छ ।

उहाँले सरकारले निर्देशिका लागू गरेको जस्तो गर्ने र निजि बिद्यालयले त्यसलाई लागू नगर्ने काम हँुदा दुबिधा श्रृजना भएको बताउनु भयो ।

एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले सरकारले जारी गरेको निर्देशिका नियमवाली बिपरित रहेको भन्दै एक प्रतिशत निजि बिद्यालयको गल्तीलाई हेर्दै ९९ प्रतिशत बिद्यालयलाई समेत मुछेर गर्ने निर्णय गलत भएको बताउनु भयो ।

उहाँले निजि बिद्यालयले जथाभाबी रुपमा शुल्क लिने गरेको भनाई गलत भएको र निजि बिद्यालयहरुलाई आरोप लाउने काम मात्र भएको टिप्पणी गर्नु भयो । सरकारले निजि बिद्यालयले गलत काम गरेको भए कारवाहि गर्नु पर्ने भन्दै त्यसको दोष एनप्याब्सन र प्याब्सनलाई लगाउनु गलत भएको बताउनु भयो ।

प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले नयाँ शैक्षिक वर्षसँगै शुल्क निर्धारणको बिषयले जोड पाउने भएता पनि सदैव दुबिधा श्रृजना गर्ने भएकाले बैज्ञानिक पद्धतीलाई अवलम्वन गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले भुकम्प पश्चात सरकारले निजि बिद्यालयका भवन निमार्णमा कुनै किसिमको सहयोगी भूमिका खेल्न नसकेको र निजि बिद्यालय बन्द गराउने तर्फ अग्रसर बनेको आरोप लगाउनु भयो ।