विव्यसको लागी महादेव माविमा चुनाव हुने, नौ जना उम्मेदवार प्रतिस्पर्धामा

Posted on: January 14, 2021 | views: 49

महादेवफाँट । बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेव फाँटमा रहेको महादेव माध्यामिक विद्यालयमा व्यावस्थापन समितिको चयनको लागी चुनाव हुने भएको छ ।

यसअघि गरिएको सर्वसम्मतको प्रयास असफल भएसगैँ चार सदस्य नयाँ नेतृत्व चयनको लागी  उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा जान तयार भएसगैँ उम्मेदवारी दर्ता गरेर अन्तिम नामावली सार्वजनिक गरिएको छ । खुला तर्फ दुई, महिला सदस्यतर्फ एक र दलित सदस्य तर्फ एक गरेर चार सदस्य पदका नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको विद्यालयका प्रधानध्यापक उपेन्द्र महत्तोले जानकारी दिनुभयो । उहाँ मार्फत जारी गरिएको उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा उल्लेख भए अनुसार खुला तर्फ दुई पदको लागी पाँच जनानाले नाम दर्ता गराएका छन । 

खुला सदस्यमा हरिबहादुर तामाङ, भाइराम नेपाल, सुरेन्द्रलाल श्रेष्ठ, प्रेमप्रस्ताव वस्ती र राजकुमार राई रहेका छन् । यसैगरी, महिला सदस्यतर्फ सावित्री घिमिरे र जानुका अधिकारी रहेका छन् ।  दलित सदस्य कृष्णबहादुर दमाई र बिजय बहादुर विश्वकर्मा रहेका छन् । 

आगामी माघ ४ गते हुने निर्वाचनमा ३३५ जना अभिभावकहरु मतदाताको रुपमा मत दिन योग्य रहेको मतदाता नामावलीको सूची प्रकाशन गरिएको छ । 

यसअघि लालप्रसाद नेपालका अध्यक्षतामा रहेको विद्यालय व्यावस्थापन समितिको समयसीमा यही पुस २६ गते देखि पूरा भएसगै नयाँ नेतृत्वको लागी गरिएको सर्वसम्मतको प्रयास असफल भएसगैँ चुनाव गर्न लागिएको हो । 

नमूना विद्यालयको रुपमा छनोट, जिल्लाकै सर्वोकृष्ट विद्यार्थी उत्पादन, विद्यालयमा बस सेवा सञ्चालन सहित पूर्वाधार र श्रोतसाधनमा सम्पन्न रहेको तथा विद्यार्थी उत्पादनमा क्षमतावान बनाउन सफल हुदै आएसगैँ महादेव माविको नयाँ नेतृत्वको लागी प्रतिस्पर्धीहरुको आकांक्षा बढी देखिएको हो ।