नयाँ पाठ्यक्रम नै लागू हुने, सर्वोच्चमा पुगेको रिट खारेजी

Posted on: January 13, 2021 | views: 68

विदुर । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यो सगै अब नयाँ पाठ्क्रय नै लागू हुने भएको छ । 

नयाँ पाठ्यक्रम विरुद्ध भगवता अर्याल समेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिट नै खारेज गरिदिए पछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

रिट खारेज भएसँगै विद्यालयस्तरमा नयाँ पाठ्यक्रम अनुसार पढाउने वा पुरानो अनुसार पढाउने भन्ने विवाद अन्त्य भएको छ । नेपाल सरकारले २०७६ सालको फागुन महिनामा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूप कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तर, केही माफियााहरुले यसको बिरोध गर्दै अदालतमा पुगेपनि अन्ततः सरकारकै पक्षमा फैसला आएको हो ।