विद्यालय मर्ज गर्न लागेको भन्दै महेन्द्र प्राविले यस्तो ध्यानाकर्षण जनायो

Posted on: April 15, 2019 | views: 264

शेराबगर । नुवाकोटको शिवपुरी गाउपालिका वडा नं ८ मा रहेको महेन्द्र प्रथामिक विद्यालले आफूहरुको विद्यालय अन्यत्रको विद्यालयमा गाभिन लागेको भन्दै आएको हल्ला गलत भएको भन्दै खण्डन गरेको छ ।

विद्यालयले आज एक विज्ञप्ती जारी गर्दै निराधार हल्ला मात्र भएकाले सोमबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानमा सहभागी हुनको लागी सरोकारवाला सबैलाई आग्रह गरेको प्रअ रामबहादुर सिटौलाले जानकारी दिनुभयो ।









विद्यालयले जारी गरेको विज्ञप्ती यस्तो छ ।

 प्रेस विज्ञप्ती

शिवपुरी गा.पा. वडा नं. ८ का सम्पूर्ण अभिभावकज्यूहरु शैक्षिकसत्र २०७६ सालको सुरुवात भएसँगै यस श्री महेन्द्र आ. विद्यालयको विषयमा अभिभावकहरुलाईनै भ्रममा पार्ने खालका टिकाटिप्पणीहरु जस्तो विद्यालयनै खारेज हेने विषयलाई अन्यत्रै लैजानुस् भनी अभिभावकहरुलाई भ्रमित गर्ने खालका कपोकल्पीत झुट्टा सूचनाहरु यस समुदायलाई फैलाएको कुरा जानकारीमा आएको छ । तसर्थ यस्ता झुट्टा कुराहरु नगर्न र नगराउन र साथै यस्ता निराधारकुराहरुमा कुनै सत्यतानभएकोले त्यस्तो कुरामा विश्वास नगर्नका लागी हाम्रा सम्पुर्ण अभिभावकह हरुलाई अनुरोध गर्दछौ । साथै यस्ता अनावश्यक हल्ला फैलाउने माथी पनि प्रचलित कानुन बमोजीम कारवाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ । नयाँ शैक्षिक सत्र २०७६ मा आफ्ना नानीबाबुहरुलाई मिति २०७६/०१/०२ देखि २०७६/०१/१० सम्म यसै विद्यालयमा भर्ना गराई सामुदायिक निद्यालयको संरक्षण र सुधारमा सहयोग गर्नुहुन सम्पूर्ण अभिभावकहरुमा आग्रह गर्दछौ । 

बोधार्थः 

शि. वि. तथा स. इ. विदुर      

शिवपुरी गा.पा.का. सेरावगर 

शिवपुरी गा.पा. वडा नं. ८ को कार्यालय 

प्र.अ.   

राम बहादुर सिटौला   

श्री महेन्द्र प्रा.वि.