फिकुरी बहुमुखी क्याम्पसको भवन निमार्ण सुरु

Posted on: December 05, 2018 | views: 158

नुवाकोट । नुवाकोट जिल्लाको विकट उत्तरी भेगमा अवस्थित किस्पाङ गाँउपालिकाको भाल्चेका वासि हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका जय तामाङ र उहाँको भाइ हाल हङकङ वसोवास गर्दै आउनुभएका हिरा तामाङले करिव १ करोडको लागितमा फिकुरी बहुमुखि क्याम्पसको  लागि आवश्यक १० कोठे भवन निमार्ण कार्य शुरु गरिएको छ ।
 
आफैद्धारा स्थापित गरिएको नेपाल फ्रिड संस्था मार्फत भवन निमार्ण गर्न लागिएको संस्थाको अध्यक्ष रत्नबहादुर तामाङ र संस्थाको संयोजक मेहरमान तामाङ वताउनुभएको छ । बैशाख १२ गते गएको विनाशकारी भुकम्पले पूर्ण क्षेति वनाएको नुवाकोट किस्पाङ १ भाल्चेमा रहेको जल्जुखोला मा.वि र डिकेप महादेव आधारभुत विद्यालयको लागि आवश्यक पक्कि भवन सहित भौतिक पुर्वाधारको व्यवस्था गरिएको थियो ।
 साथै भाल्चेका स्थानियहरुलाइ आवश्यक खाध्धान्न लत्ताकपडा लगायत राहत सामाग्रि समते वितरण गरिएको जया तामाङले वताउनु भयो आफुहरु प्रवासमा वसेपनि आफु जन्मेको ठाँउमा विकास गरि अग्रस्थानमा ल्याउन आफु लागिपरिरहेको र अव पनि निरन्तरलागि पर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।


त्यस्तै गाउपालिकाको एकमात्र उच्च शिक्षा अध्ययन ठाँउ जुन सिङ्गो पालिकाकै एक गहना भएको  र शिक्षामा आधुनिकीकरण गरि शैक्षिक क्षेत्रमा अगाडी ल्याइ प्रयोगात्मक शिक्षा प्रणालि ल्याउन निर्वाचित जनप्रतिनिधी समाजेवी वुद्धिजिवी लगायतलाइ अनुरोध गर्दै आफुले आवश्यक सहयोग निरन्तर गरिरहने वताएको छन । साथै क्याम्पसमा लागि आवश्यक अन्य शैक्षिक भौतिक पुर्वाधार  समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता गनुभएको छ । जसको कारण यस क्याम्पसको लागि कोसेढुगाँ सावित भन्ने भन्दै स्थानियहरुले प्रशंसा गरेका छन ।

दाजुभाइ मिलेर नेपालमा रहेको दाइ भाइ मेहरमान तामाङ र रत्न बहादुर तामाङका सहयोगमा आफुहरुले काम गरिएको र निरन्तर गरिरहने हिरा तामाङ ले वताउनु भएको छ ।दाजुभाइले विदेशमा वसि दाताहरुको अनुरोध गरि विकास लागि संकलन गरेका रकम सोही क्षेत्रमा नै दुरुपयोग हुन नदिइ काम गरिरहको मेहरमान तामाङले वत्ताउनुभयो ।

त्यस्तै क्याम्पस प्रमुख सरेन्द्र राज भट्टले आफु एम फिल गरे पनि आफु पढेका ठाँउमा केहि गरौ भन्ने लक्ष्यमा साथ जिम्मेवारी लिइएको र सो सपना साकार वनाउन सहयोग गर्नुहुन्े जय तामाङ हिरा तामाङ मेहरमान तामाङ र रत्नबहादुर तामाङ धन्यवाद आगामि दिनमा सहयोगको अपेक्षा समते गर्नुभएको छ ।
त्यस्तै क्याम्प्पसको अध्यक्ष कृष्णप्रसाद भट्टशिक्षाको धरोहर एक मात्र बहुमुखी क्याम्पसमा निमार्णकार्यको लागि विविध तवरले दाताहरुलाइ अनुरोध गर्दै यस क्याम्पसमा निमार्ण गर्न लागिरहनुभएको जय तामाङ हिरा तामाङ मेहरमान तामाङ र रत्नबहादु तामाङ धन्यवाद दिनुभएको छ ।

निमार्ण कार्य अतिनै अतुलनिय रहको यस्तो कार्यमा लागिपरी विकासमा जुट्नुहुने सम्पुर्ण टिमलाइ क्याम्पस र व्यक्तिगत तवरबाट अध्यक्ष भट्टले धन्यवाद दिएका छन् ।