त्रिभुवन त्रिशूली माविमा इन्जिनियरिङ्ग पढाउन आर्थिक अभाव, बट्टारका गोपालमान श्रेष्ठबाट नगद सहयोग

Posted on: November 21, 2018 | views: 181

विदुर,  नुवाकोट । त्रिभूवन त्रिशूली माध्यामिक विद्यालय त्रिशूलीमा सञ्चालन गर्न लागिएको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग’ बिषयको अध्ययनमा सहयोग पु¥याउन बट्टार निवासी गोपालमान श्रेष्ठले करीब १६ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।


विदुर नगरपालिका वडा नं. ४ बट्टार निवासी गोपालमानले उहाँको श्रीमति दुर्गादेवी र छोराहरु दुर्लभ र सुलभको नामबाट नगद रुपैयाँ सहयोग गरेको बताउनुभएको छ ।

बैंक मार्फत उहाँले १५ हजार ९ सय ९९ रुपैयाँ ९९ पैसा विद्यालयको खातामा राखेर बैंक भौचर विद्यालयका प्रधानध्यापक महेन्द्र राउतलाई मंसिर ५ गते बुधबार प्रदान गर्नुभएको हो । सहयोग गरेको रकमले विद्यालयलाई नयाँ विषय अध्ययनको लागी सहयोग र आगामी दिनमा पनि परिवारका सदस्यहरुले राम्रो कामको लागी सहयोग गर्ने मनोभावना बृद्धि गराउन सबैको नाममा सयुक्त रकम विद्यालयलाई उपलध गराएको बताउनुभएको छ ।


चालु शैक्षिक सत्रदेखि नुवाकोटमा नै नयाँ प्राविधिक विषयको अध्ययनको तयारीमा रहेको त्रिभुवन त्रिशूली माविलाई आवश्यक तयारी मिलाउन र विषयगत शिक्षकलाई सुविधा उपलब्ध गराउनको लागी आर्थिक अभावको कारण दाताहरुबाट सहयोग संकलन गर्न थालिएको सहप्रधानध्यापक राजेन्द्र दुवाडीले बताउनुभएको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषय अध्ययनको लागी विद्यालयले महोत्सव समेत सञ्चालनको तयारी अघि बढाएको छ ।