संगठनको अध्यक्षमा मैनाली चयन

Posted on: February 03, 2018 | views: 1570
२० माघ, नुवाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठनको तादी गाँउपालिकास्तरीय नयाँ कार्यसमिति चयन भएको छ । रालुकामा भएको भेलाले माधवप्रसाद मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । संगठनको उपाध्यक्षमा सानुबाबु पुडासैनी र मेरिना श्रेष्ठ, सचिवमा गोर्कणप्रसाद न्यौपाने र कोषाध्यक्षमा रत्नबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यसैगरी, भेला मार्फत सदस्यहरुमा भोजकुमार श्रेष्ठ, नबिना खनाल, सरोजकुमार पाठक, सुरेन्द्र थापाल लगायत रहेका छन् । भेलामा बेलकोटगढी नगरपालिकास्तरीय शिक्षक संगठनको अध्यक्ष कृष्णप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।