बर्दिबासका शिक्षक सैनिक विद्यालयको उत्कृष्ट शिक्षकबाट सम्मानित

Posted on: December 30, 2017 | views: 897
बर्दिबास । महोत्तरीको बर्दिबासका शिक्षक गिरिराज भट्टराई(मधु) पोखरामा सैनिक आवसीय महाविद्यालयको उत्कृष्ट शिक्षकबाट सम्मानित हुनुभएको छ । पोखरा स्थित सैनिक आवासीय महाविद्यालय लेखनाथ— ११ पोखराको १३ औं वार्षिवकोत्सवको अवसरमा शिक्षक भट्टराई सम्मानित हुनुभएको हो । वार्षिवकोत्सवको अवसरमा शिक्षक भट्टराईले अभिभावकत्वको भुमिका निर्वाह गर्दै विद्यालयको छवि र प्रष्ठिता उच्च राख्नुका साथै उच्च जिम्मेवार भएर कार्य गरेको ठहर गर्दै उहाँलाई सैनिक महाविद्यालयले उत्कृष्ठ शिक्षक घोषणा गर्दै सम्मान गरेको थियो । कार्यक्रममा नेपाली सेनाको प्रदेश नम्बर —४ का पृतनापती देवेन्द्रबहादुर मेधासीले उत्कृष्ठ शिक्षाको प्रंशास गर्दै उक्तकृष्ट शिक्षकबाट सम्मानित गर्नुभएको थियो । सैनिक आवासीय महाविद्यालयमा २०६९ सालदेखी शिक्षक भट्टराई अग्रेजी बिषयको अध्यापन गराउँदै आउनुभएको छ ।