खोटाङमा ब्रिटिस सेनामा कामगर्ने अभिभाबकबाट विद्यालयलाई एक लाख सहयोग

Posted on: December 29, 2017 | views: 4564
खोटाङ । ब्रिटिस सेनामा कार्यरत अभिभाबकले खोटाङको दिप्रुङ गाउँपालिका–२ डाँडागाउँ ओख्रेस्थित महेन्द्रोद्धय माबिलाई एक लाख सहयोग गर्नुभएको छ । हाल बेलायती सेनाको मेजर पदमा कार्यरत डाँडागाउँका ध्यानप्रसाद राईले बिद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि एक लाख सहयोग सहयोग गर्नुभएको हो । बिहिबार बिद्यालयमा आयोजित कार्यक्रममा मेजर राईले पुस्तकालय एबं भौतिक कामका लागि विद्यालयका प्रधानाध्यपक केशवकुमार खड्कालाई रकम हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ । राईले बेलायती सेनामै काम गरेका बाबु शहरमान राई सहित विद्यालयमा आएर रकम प्रदान गर्नु भएको थियो ।