कानून स्नातकोत्तर प्रथम परीक्षाफल

Posted on: December 01, 2017 | views: 1304
काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ÷फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।