जाजरकोटमा दशैं तिहारलाई बिदामा गएका शिक्षक अझै आएनन्

Posted on: November 10, 2017 | views: 310

जाजरकोट । जाजरकोट जिल्लाका हजारौं विद्यार्थी पढाईबाट बिन्चत भएका छन् । दशैं तिहार विदा सकिएको ३ साता वितिसक्दा पनि शिक्षकहरु विद्यालयमा उपस्थित नहु“दा विद्यार्थी पढाईबाट बन्चित भएका हुन् ।

सदरमुकाम आसपास बाहेकका विद्यालयमा पठनपाठन सुचारु हुन सकेको छैन । ग्रामीण क्षेत्रका अधिकांश विद्यालयका शिक्षकहरु चुनावी प्रचारप्रसार, खेतीपाती, मेलापर्व लगाएत कार्यमा ब्यस्त ह“ुदा विद्यार्थीको पठनपाठनमा बाधा पुगेको हो ।

यतिवेला जिल्लाका दर्जनौं विद्यालयमा दलका चुनावी आमसभा हुने गरेका छन् । चुनावी आमसभाका कारण पनि विद्यार्थीको पढाईमा वाधा पुगेको त्रिवेणी नलगाड नगरपालिका २ अभिभावक टीकाराम जैसीले बताउनु भयो ।

दशैं तिहार पर्व मनाउन घर हिंडेका जिल्लाका बाहिरका शिक्षक नफर्कंदा र स्थानीय शिक्षक चुनावी प्रचार, नेता कार्यकर्तासगको भेटघाट तथा बैठक, खेतीपाती, मेला पर्व मनाउन लगाएतमा ब्यस्त भएकाले विद्यालयमा पठनपाठ सुचारु नभएको हो ।

शैक्षिक सत्र शुरु भएको ७ महिना विती सक्दा पनि कतिपय विद्यालयमा अंग्रजी, गणित, सामाजिक, विज्ञान लगाएत विषयको १/२ एकाई पनि पढाई नभएको जैसीले बताउनु भयो । एसईई परीक्षा आउन ४ महिना बा“की रह“दा समेत पढाईले गति लिएको छैन ।

जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक, श्रोतब्यक्ति लगाएतले नियमित निरीक्षण तथा अनुगमन नगर्दा शिक्षकहरु विद्यालयमा मनोमानी अनुपस्थित हुने गरेका हुन् । लामो समयसम्म विद्यालयमा उपस्थित नहुने र चुनावी प्रचारमा लाग्ने शिक्षकलाई आवश्यक कारबाहीको प्रकृया अघि बढाउने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताउनु भयो ।

विद्यालयहरुमा पठनपाठन नभएको भन्ने गुनासो आएकोले विद्यालय निरीक्षक, श्रोतब्यक्ति लगाएतलाई निरीक्षण तथा अनुगमनका लागि परिचालन गरेको जिशिअ सिंहले बताउनु भयो ।