यस्तो छ, महत्व पशुपतिमा चढाउन जुम्ला जौको

Posted on: August 06, 2017 | views: 602

तोपानी गाउँपालिकाका दलबहादुर खड्का जौ किन्न जुम्लाका गाउँ-गाउँ पुग्छन् । जुम्लावासीले आजसम्म जौ बालीलाई हेलाँ गरेपनि खड्काले घरबाटै उठाउन थालेपछि स्थानीयले यसको महत्व बुझेका छन् ।

खड्काका अनुसार पशुपतिनाथमा पूजाका लागि जुम्लाको जौको माग छ । जुम्ली जौ शुद्ध र चोखो हुने भएकाले पशुपतिमा पूजाआजाको लागि यसको खोजी भएको उनको भनाइ छ ।

किसानबाट ३० रुपैयाँमा प्रतिकिलोमा किनेर पशुपतिमा ४८ रुपैयाँ किलोमा बेच्ने खड्का बताउँछन् । उनले यो बर्ष ४८ क्विन्टल जौ काठमाडौं ल्याइसकेका छन्